अध्यक्ष प्रचण्डद्वारा मुस्ताङमा पार्टी भवन शिलन्यास
मुस्ताङ | जेठ २९, २०८२
मुस्ताङ: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुस्ताङमा पार्टीको भवन शिलन्यास गर्नुभएको छ ।
दुई दिने भ्रमणका लागि मुस्ताङ आउनुभएका अध्यक्ष प्रचण्डले घरपझोङ गाउँपालिकाका–४,जोमसोममा दुई तले पार्टी भवनको शिलन्यास गर्नुभएको हो । पार्टी भवन शिलन्यास कार्यक्रममा अध्यक्ष प्रचण्डले मुस्ताङको समस्यालाई सम्बन्धित निकायको ध्यानार्कषण गराउने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘मेरो मुस्ताङ भ्रमण अविस्मरणीय रह्यो, यहाँका जनताले भोगेका समस्याका बारे मैले निरन्तर खवरदारी गर्ने छु ।’’ अध्यक्ष प्रचण्डले जलवायु परिवर्तनको असरलाई मुस्ताङमा आएर नजिकबाट महसुस गर्न पाएको बताउनुभयो । उहाँले पार्टीको गतिविधिलाई सहज बनाउन समेत भवनसहितको संरचना आवश्यकता हुने बताउनुभयो ।
मुस्ताङ भ्रमणको क्रममा उहाँले पार्टीको जिम्मेवारी सम्हालेकालाई सपथग्रहण, कार्यकर्ता प्रशिक्षण, जनभेटघाट, अवलोकनसहित जिल्लामा भइरहेका विकास निर्माणका बारेमा अवलोकन गर्नुभएको थियो ।
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...
पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ । जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो । जातीय भेदभाव...
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

